एनआईसी रेमिटमा अफर, ३ पटक रकम पठाउँदा एक पटक सित्तैंमा |
काठमाडौं । एनआईसी एशिया बैंकले आउँदै गरेको महान् चाड दशैंतिहार तथा छठलाई लक्षित गर्दै नयाँ योजना सार्वजनिक गरेको छ । बैंकले ‘चाडपर्व मनाऔं, एनआईसी एशिया रेमिटसँगै’ भन्ने नाराका साथ आफ्ना ग्राहकलाई आन्तरिक विप्रेषण रकम ३ पटक पठाउँदा १ पटक सित्तैंमा पठाउन पाउने योजना सार्वजनिक गरेको हो ।
ग्राहकहरूले बैंकका सम्पूर्ण शाखा कार्यालय, एक्सटेन्सन काउण्टर, शाखारहित बैंकिङ इकाइ एवम् सहायक प्रतिनिधिहरूमार्फत सहज रूपमा उक्त योजनाको सुविधा प्राप्त गर्न सक्ने बैंकले जानकारी गराएको छ ।
बैंकका अनुसार उक्त योजना असोज, कात्तिक र मंसिरसम्म मात्र लागू गरिएको छ । उक्त अवधिभरिमा ग्राहकले रकम पठाउँदा उच्च लाभ प्राप्त गर्ने विश्वास बैंकको छ ।