चरा ठोक्किएको सौर्य एयरको विमान विराटनगरमा ग्राउन्डेड |

विराटनगर । सौर्य एयरलाइन्सको विमान विराटनगरमा ग्राउण्डेड भएको छ । काठमाडौंको त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट विराटनगरतर्फ उड्ने क्रममा सोमवार बिहान ८ः३० बजे उक्त जहाजमा चरा ठोक्किएको थियो ।
चरा ठोक्किएका कारण बायाँ पङ्खामा सामान्य क्षति भएको र उक्त जहाज विराटनगर विमानस्थलमा अवतरण भएपछि ग्राउण्डेड भएको नेपाल नागरिक उड्यन प्राधिकरण विराटनगर क्षेत्रीय शाखाले जानकारी गराएको छ ।