महालक्ष्मी विकास बैंकको ९.२६ प्रतिशत लाभांश प्रस्ताव |
काठमाडौं । महालक्ष्मी विकास बैंक लि.ले शुक्रबार आफ्नो १९ औँ वार्षिक साधारणसभा सम्पन्न गरेको छ । भिडियो कन्फरेन्समार्फत सम्पन्न बैंकको उक्त सभाले आर्थिक वर्ष २०७७∕७८ को मुनाफाबाट बैंकका सेयर धनीहरुलाई ८.८० प्रतिशतका दरले बोनस सेयर तथा ०.४६ प्रतिशत नगद लाभांश गरि कुल जम्मा ९.२६ प्रतिशतका बोनस सेयर वितरण गर्ने प्रस्ताव पारित गरेको छ ।
साथै बैंकको साधारणसभाले अन्य बैंकहरुसँगको मर्जर तथा प्राप्तिको प्रस्तावलाई समेत खुल्ला राख्दै पुँजीगत आधारलाई अझ थप सुदृढ गर्ने उद्देश्यले राख्ने प्रस्तावलाई समेत पारित गरेको छ ।
हाल बैंकको देशका शहरी तथा ग्रामीण क्षेत्रका विभिन्न स्थानहरुमा १०३ वटा शाखा तथा ३४ वटा एटीएममार्फत सेवा प्रदान गरिरहेको महालक्ष्मी विकास बैंक लिको ग्राहक संख्या करिब ५ लाख भन्दा बढी रहेको छ ।