एलजीले ल्यायो ‘हार्दिक बधाई तपाईंलाई यस नयाँ वर्ष विशेष सबैलाई’ अभियान |

काठमाडौं । नेपालको सबैभन्दा धेरै बिक्री हुने ब्रान्ड एलजीले नयाँ वर्ष २०७८ लाई लक्षित गर्दै आफ्नो नयाँ अभियान, ‘हार्दिक बधाई तपाईंलाई यस नयाँ वर्ष विशेष सबैलाई’ ल्याएको छ ।
यस योजना अन्तर्गत एलजीका लागी नेपालको अधिकृत वितरक सीजी इलेक्ट्रोनिक्स्ले एलजीका घरायसी सामानहरुको खरिदमा विशेष नगद छुट तथा पक्का उपहारहरु प्रदान गरेको छ । नर्मल र स्मार्ट एलईडी टीभी, एयर प्युरिफायर, भ्याकुम क्लिनर तथा सिंगल डोर रेफ्रिजेरेटरकोे खरिदमा ग्राहकहरुले आकर्षक नगद छुट प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ ।
यस अफरमा ग्राहकहरुले साइड बाइ साइड डोर रेफ्रिजेरेटरकोे खरिदमा रु १४ हजार ४९० मूल्यको फ्री माइक्रोवेभ ओभन र डबल डोर रेफ्रिजेरेटरकोे खरिदमा रु २ हजार ४५० मूल्यको फ्री स्ट्यान्ड फ्यान प्राप्त गर्न सक्नेछन् ।
त्यस्तै, ग्राहकहरुले माइक्रोवेभ ओभनको खरिदमा रु २ हजार ८०० मूल्यको फ्री खाना पकाउने किट, डिस वासर र वासिङ मशिन फ्रन्ट लोड (९ केजी माथि)को खरिदमा रु ५ हजार २३० मूल्यको फ्री भेजीटेबल प्युरिफायर, वासिङ मेसिन फ्रन्ट लोड (८ केजी सम्म) को खरिदमा रु २ हजार ६५० मूल्यको फ्री इलेक्ट्रीक केटल र वासिङ मेसिन टप लोडको खरिदमा रु १ हजार २० मूल्यको फ्री ड्राइ आयन प्राप्त गर्न सक्नेछन् । साथै हरेक एयर कन्डिस्नरको खरिदमा ग्राहकहरुले रु ४ हजार मूल्यको फ्री जडान सेवा प्राप्त गर्न सक्नेछन् ।
यो योजना नेपाल अधिराज्यभरि चैत्र ११ गतेदेखि सीमित अवधिका लागि लागू गरिएको कम्पनीले जनाएको छ ।