चर्चित तपस्वी बम्जनमाथि बलात्कारको आरोप, न्याय खोज्दै किशोरी काठमाडौंमा |

काठमाडौं । सर्लाहीको पत्थरकोट जंगलमा आश्रम जमाएर बसेका चर्चित तपस्वी रामबहादुर बम्जनमाथि बलात्कारको आरोप लागेको छ । उनीमाथि रौतहटकी एक किशोरीलाई बलात्कार गरेको आरोप लागेको हो ।
बलत्कृत ती किशोरी न्याय खोज्दै हाल काठमाडौं आइपुगेकी छिन् । उनले बम्जनको आश्रममा बस्ने अन्य चेलीहरुको अस्मिता नलुटियोस् भनेर आफू न्यायको ढोका ढकढक्याउन काठमाडौं आएको खुलासा गरेकी छिन् ।
किशोरीले शनिबार राजधानीमा पत्रकार सम्मेलन गरेरै न्यायका लागि हारगुहार गरेकी छिन् । सो अवसरमा बम्जनका समर्थकहरूले अवरोधको प्रयाससमेत गरेका थिए । पीडित किशोरीले आफू २०७१ साउनदेखि २०७५ असार २२ गतेसम्म आश्रममा बसेको र त्यस क्रममा बम्जनबाटै आफूलाई यौन दुव्र्यवहार भएको बताइन् ।
महिला अधिकारकर्मीको रोहबरमा रामबहादुर बम्जनविरुद्ध प्रहरी अपराध महाशाखा ललितपुरमा बलात्कारको मुद्दा दायर गर्ने तयारी भइरहेको छ ।