पेट्रोलियम पदार्थको मूल्य फेरि बढ्यो, पेट्रोल मूल्य प्रतिलिटर ११८ रूपैयाँ पुग्यो |

काठमाडौं । नेपाल आयल निगमले फेरि पेट्रोलियम पदार्थको मूल्य बढाएको छ ।
चैत ३ गते राति १२ बजेदेखि लागू हुने गरी निगमले पेट्रोल, डिजेल र मट्टितेलको मूल्य बढाएको हो ।
निगमले पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर २ रुपैयाँ बढाएको हो ।
त्यस अनुसार पेट्रोल ११८ रूपैयाँ तथा डिजेल र मट्टीतेल १०१ रूपैयाँ प्रतिलिटर पुगेको छ ।