स्वस्तिक आयललाई उत्कृष्ट निर्यात गर्ने कम्पनीको सम्मान |

काठमाडौं । केएल दुगड समूहअन्र्तगतको स्वस्तिक आयल इण्डष्ट्रिजलाई उद्योग संगठन मोरङले आर्थिक सम्मान गरेको छ । कम्पनीले औद्योगिक विकासका साथै राजस्व र रोजगारीको क्षेत्रमा योगदान पु–याउँदै निर्यातमूलक वस्तु उत्पादन गरी आर्थिक वर्ष २०७५–०७६ तथा २०७६–०७७ मा सुनसरी, मोरङ्ग औद्योगिक करीडोरका निर्यातमुलक उद्योगहरु मध्ये सबै भन्दा बढी निर्यात गर्ने उत्कृष्ट उद्योगको रुपमा सम्मान गरेको छ ।
उद्योग संगठन मोरङको ४८औं वार्षिक साधारणसभाका क्रममा नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले उक्त सम्मान गरेका हुन् । स्वस्तिक आयल इण्डष्ट्रिज प्रालिले स्वस्तिक सोयाबिन तेल, धारा हेल्थ सनफ्लावार तेल, सनफ्लो सन फ्लावार तेल जस्ता गुणस्तरीय तथा लोकप्रिय तेलहरु उत्पादन गरी बिक्री वितरण गर्दै आएको छ ।