‘रिचार्ज एण्ड विन’ अफरका दुई विजेताले पाए ११ लाख |
काठमाडौं । एनसेल प्राइभेट लिमिटेडले नजिकिँदै गरेको चाडपर्वको अवसरमा ल्याएको आकर्षक योजना ‘रिचार्ज एण्ड विन’ अन्तर्गत पहिलो हप्ताका विजेताहरूको घोषणा गरेको छ । पहिलो हप्ताका १० भाग्यशाली विजेता ग्राहकहरूमध्ये दुई जनाले बिहीवार जनही नगद रू. १ लाख पुरस्कार पाएका छन् । दुवै विजेता झापाका जाकिर हुसैन र नुवाकोटका हरि श्रेष्ठलाई एनसेलका सेक्युरिटी तथा जनरल सर्भिसेज निर्देशक महेन्द्रकुमार भट्टचनले बिहीवार उक्त रकमबराबरको नगद पुरस्कार प्रदान गरेका हुन् ।
तीन अन्य विजेताले आफ्नो पुरस्कार अर्को हप्ता लिने भएकाले कम्पनीले सोहीअनुरुप उनीहरुलाई दोस्रो हप्ताका विजयी ग्राहकहरुसँगै पुरस्कार हस्तान्तरण गर्नेछ । पहिलो हप्ताका थप पाँच विजेताको पहिचान तथा प्रमाणित गर्ने काम भइरहेको र प्रक्रिया समापनलगतै नगद पुरस्कार प्रदान गरिने कम्पनीले जानकारी दिएको छ ।
कम्पनीले सञ्चालन गरेको ‘रिचार्ज एण्ड विन’ १० हप्तासम्म संचालन हुने अफर हो । पहिलो हप्ताका विजेताहरु मंगलवार एपीवान् टेलिभिजनको प्रत्यक्ष प्रसारणमार्फत छानिएका हुन् ।
‘रिचार्ज एण्ड विन’ अफर भदौ १७ गतेबाट संचालनमा रहेकोछ । यस योजनामा सप्ताहभर रु १०० वा सो भन्दा बढी रिचार्ज गर्ने एनसेलका सम्पूर्ण प्रिपेड तथा पोस्टपेड ग्राहकले आकर्षक नगद पुरस्कार जित्ने अवसर प्राप्त गर्न सक्छन् । यो योजनाअन्र्तगत प्रत्येक विजयीले रू. १ लाख नगद पुरस्कार पाउँछन् । यसमा लाग्ने कर कम्पनीले नै व्यहोर्ने छ । साप्ताहिक चक्रमा संचालन भइरहेको उक्त योजनाको शुरुवात आइतवार भएर समापन शनिवार हुन्छ ।