ह्वावेले सुरु गर्योि वोमन डेभलपर्स कार्यक्रम |
काठमाडौं । ह्वावेले आधिकारिक रूपमा ह्वावे वोमन डेभलपर्स कार्यक्रम शुरू गरेको छ । महिला डेभलपर्सलाई विश्वव्यापी परिवर्तन गर्न सक्ने अनुप्रयोग र उपकरणहरू सिर्जना गर्न सशक्त बनाउनु यसको उद्देश्य रहेको कम्पनीले जनाएको छ ।
यस कार्यक्रमको उद्देश्य धेरै महिलालाई करीअर विकास र कौशल प्रशिक्षणका लागि अधिक अवसरहरू र प्लेटफर्महरू प्रदान गरेर टेक्निकल इनोवेशनमा सामेल हुन प्रोत्साहित गर्ने राखिएको छ । कार्यक्रममा सामेल हुन विश्वभरका कुनै पनि महिला डेभलपर्सले ह्वावे डेभलपर्स आधिकारिक वेबसाइटमा दर्ता गर्न सक्नेछन् ।
ह्वावेले घोषणामा भनेको छ, ‘डिजिटल युगमा महिलाहरूलाई उनीहरूको शिक्षा र प्रशिक्षणमा पहुँच सुनिश्चित गर्न अझ बढी अवसर र समर्थन दिन आवश्यक छ, ताकि उनीहरू डिजिटल अर्थव्यवस्थामा साधारण रुपमा प्रतिस्पर्धी हुन सकुन् । महिलालाई यी सीपले सुसज्जित पार्नाले सामाजिक एकीकरण र समावेशी र विविधताले भरिएको समाजलाई बढावा दिन्छ ।’
ह्वावेका वरिष्ठ उपाध्यक्ष चेन लिफांगले महिलाहरूले टेक्नोलोजिकल इनोवेशनको नेतृत्व गर्ने विश्वासका साथ यस्तो निर्णय गरिएको बताए ।
शाइनिंग–स्टार कार्यक्रमको माध्यमबाट, ह्वावेले महिला विकासकर्ताहरूलाई नवीनता र उद्यमशीलतालाई प्रोत्साहित गर्न विशेष प्रोत्साहन प्रदान गर्दछ । ठूला सम्भावनाको साथ उत्कृष्ट कार्यक्रमहरू विकास गर्ने यस कार्यक्रमका सहभागीहरूले भविष्यका अभियानहरूमा प्रस्तुत हुने अवसर पाउनेछन् र अन्य आधिकारिक ह्वावे कार्यक्रमहरूमा आमन्त्रित हुनेछन्।
आजसम्म, ह्वावेले आयरल्याण्ड, अर्जेन्टिना, बंगलादेश, केन्या, र दक्षिण अफ्रिका लगायत धेरै देशहरूमा महिलाहरूको लागि समान डिजिटल कौशल प्रशिक्षण कार्यक्रम सफलतापूर्वक सुरू गरिसकेको जनाएको छ ।