बुक बिल्डिङमा आवेदन दिन थप १० संस्थागत लगानीकर्ता लाई अनुमति |
काठमाडौं । बुक बिल्डिङमा आवेदन दिन थप १० संस्थागत लगानीकर्ता योग्य देखिएका छन् । बोर्डले मंगलबार थप १० संस्थागत लगानीकर्तालाई बुक बिल्डिङमा सहभागी हुन अनुमति प्रदान गरेको हो ।
बोर्डले यसअघि ६४ संस्थागत लगानीकर्तालाई योग्य संस्थागत लगानीकर्ताको रुपमा स्वीकृति प्रदान गरेकोमा फागुन २५ गते थप १० वटा संस्थागत लगानीकर्तालाई अनुमति प्रदान गरेको हो ।
योग्य संस्थागत लगानीकर्ताले निष्काशनकर्ता कम्पनीको प्राविधिक, वित्तीय व्यवस्थापन, भावी योजना र रणनीति लगायतको विवरणको अध्ययन गरी सु–सुचित तवरले धितोपत्रको आशयको मूल्य पेश गरी प्रारम्भिक सार्वजनिक मूल्य निर्धारणमा दक्ष तथा व्यवसायिक सहभागितामार्फत धितोपत्रको उचित मूल्य निर्धारणमा सहयोग पुग्ने अपेक्षा गरिएको छ ।
यी हुन् योग्य संस्थागत लगानीकर्ता