महिला लघुवित्त र ग्रीनलाइफको शेयर आइतबारदेखि कारोबारमा आउने |
काठमाडौं । महिला लघुवित्त वित्तीय संस्था र ग्रीनलाइफ हाइड्रोपावरको शेयर सूचीकरण प्रकृया अन्तिम चरणमा पुगेको छ । नेप्सेले दुबै कम्पनी शेयर यही शुक्रबार सूचीकरण गर्ने तयारी गरेको छ ।
नेप्सेले शेयर सूचीकरणको लागि दुबै कम्पनीको आवश्यक सबै कागजातहरु प्राप्त भइसकेको जनाएको छ । सूचीकरणको लागि प्राप्त कागजहरु अध्ययन गरिरहेको जनाउदै नेप्सेले प्रकृया पुरा भए शुक्रबार भित्रै दुबै कम्पनीको शेयर सूचीकृत हुने जनाएको छ ।
त्यस अनुसार शुक्रबार शेयर सूचीकृत भएमा आउने आइतबारदेखि दुबै कम्पनीको शेयर कारोबारमा खुल्नेछ ।
महिला लघुवित्त वित्तीय संस्था लिमिटेडले माघ ३० गतेदेखि फागुन ५ गतेसम्म सर्वसाधारणका लागि आईपीओ निष्काशन गरेको थियो ।
लघुवित्तले जारी पूँजी १० करोड रुपैयाँको ४० प्रतिशतले हुन आउने रकम ४ करोड रुपैयाँ बराबरको प्रति कित्ता १०० अंकित दरका ४ लाख कित्ता साधारण शेयर निष्काशन गरेको थियो। त्यसमध्ये ०.५ प्रतिशत अर्थात ५ हजार कित्ता शेयर कर्मचारीहरुका लागि र २० हजार कित्ता शेयर सामूहिक लगानी कोषका लागि छुट्याएर बाँकी ३ लाख ७५ हजार कित्ता सर्वसाधारणको लागि निष्काशनमा ल्याएको थियो ।
यस्तै ग्रीनलाइफ हाइड्रोपावरले माघ २३ गतेदेखि प्रतिशेयर १०० अंकित मूल्यका १८ लाख कित्ता र स्थानीय बासिन्दाका लागि जारी शेयरमा बिक्री नभएको १६ लाख ८६ हजार ४०० कित्ता गरी कुल ३४ लाख ९६ हजार ४०० कित्ता साधारण शेयर निष्काशनमा ल्याएको थियो ।
त्यसमध्ये १ लाख ७४ हजार ८२० कित्ता शेयर सामूहिक लगानी कोषका लागि र ६९ हजार ९२८ कित्ता शेयर कर्मचारीहरुका लागि बाँडफाँट गरिएको छ। त्यसमध्ये बाँकी रहेको ३२ लाख ५१ हजार ६५२ कित्ताका शेयर सर्वसाधारणको लागि छुट्टाएको थियो ।