ज्योति लाइफ इन्स्योरेन्सको आईपीओमा १८ लाख बढीले दिए आवेदन, आईपीओको आवेदनमा नयाँ रेकर्ड |
काठमाडौं । ज्योति लाइफ इन्स्योरेन्सको आइपीओमा आवेदनको नयाँ रेकर्ड कायम भएको छ । बिक्री प्रबन्धक एनएमबि क्यापिटलले दिएको जानकारी अनुसार उक्त इन्स्योरेन्सको आइपीओमा १८ लाख भन्दा बढीले आवेदन दिएका छन्। जुन आइपीओमा परेको हालसम्मकै धेरै आवेदन हो ।
क्यापिटलको अनुसार बुधबार साँझसम्ममा उक्त इन्स्योरेन्सको आइपीओमा १८ लाख ४ हजार ६४८ जना आवेदकबाट ३ करोड ८० लाख ५७ हजार ७१० कित्ता आइपीओ खरिदको लागि आवेदन परेको छ ।
यो सर्वसाधारणलाई निष्काशनमा ल्याएको ५९ लाख ४० हजार कित्ताको ६.४० गुणा बढी हो ।
कम्पनीले फागुन २१ गते देखि कम्पनीले कुल जारी पूँजीको ३० प्रतिशत अर्थात ६६ करोड रुपैयाँ बराबरको ६६ लाख कित्ता शेयर निष्काशनमा ल्याएको छ । त्यसमध्ये ५ प्रतिशत अर्थात ३ लाख ३० हजार कित्ता कर्मचारीहरुलाई र अर्को ५ प्रतिशत अर्थात ३ लाख ३० हजार कित्ता सामूहिक लागनीकोषहरुलाई सुरक्षित गरी बाँकी ५९ लाख ४० हजार कित्ता शेयरमा सर्वसाधारणको लागि निष्काशनमा ल्याएको हो ।
कम्पनीलाई क्रेडिट रेटिङ्ग नेपालले ‘केयरएनपी९आइआर बीबी प्लस’ रेटिङ्ग प्रदान गरेको छ। यसले समय नै कम्पनीको दायित्व पुरा गर्न सक्षम रहेको मध्यमस्तरको सुरक्षित रहेको जनाउछ ।
हाल कम्पनीको अधिकृत पूँजी ३ अर्ब, जारी पूँजी २ अर्ब २० करोड र चुक्ता पूँजी एक अर्ब ५४ करोड रुपैयाँ छ। सर्वसाधारणलाई आईपीओ निष्काशनपछि कम्पनीको चुक्ता पूँजी २ अर्ब २० करोड रुपैयाँ पुग्नेछ ।