मानव सेवा आश्रमको सहयोगार्थ ‘वेलफेर राइड’ |
काठमाडौं । नेपालमा रोयल इन्फिल्ड मोटरसाइकलको आधिकारीक विक्रेता एम.भी. दुगड ग्रुप अन्तर्गतको विवेक अटोले फागुन १४ गते ‘वेलफेर राइड’ को आयोजना गरेकोे छ ।
बालाजु स्थित रोयल इन्फिल्ड शोरुमदेखी सुरु राइडको रोयल इन्फिल्डका हेड अफ अपरेसन कनक जम्मरले उद्घाटन गरे । राइड जुन मानव सेवा आश्रम नारायणस्थानमा पुगी सम्पन्न भएको थियो ।
१५ किलोमिटर लामो मोटरसाइकल र्यालीमा ३५ वटा रोयल इन्फिल्डमा सवार ४२ जना राइडरहरुले सहभागिता जनाएका थिए ।
ज्येष्ठ नागरिक अनि असक्त आमा–बुवालाई सेवा गर्दै आएको मानव सेवा आश्रमलाई सहयोग एवं त्यस आश्रममा रहेका आमा–बुवाहरुसँग अन्तरक्रिया गर्ने मुख्य उद्देश्य राखेको र्याली गोंगबु, महाराजगंज, गोल्फुटार हुँदै मानव सेवा आश्रम नारायणस्थानमा पुगी समापन भएको थियो ।