मुक्तिनाथ विकास बैंकले दिने भो १८.२५ प्रतिशत बोनस |
काठमाडौं । मुक्तिनाथ विकास बैंकले १८ दशमलव २५ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि शून्य दशमलव ९६ प्रतिशत नगद लाभांश वितरण गर्ने भएको छ । बैंकको भदौ २७ गते बसेको सञ्चालक समितिको बैठकले उक्त प्रस्ताव पारित गरेको हो ।
उक्त लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत र बैंकको आगामी साधारण सभाबाट पारित भएपछि वितरण गरिने बैंकले जानकारी दिएको छ ।