नाडामा गरिमा बैंकको स्किम, टोयोटाको गाडी २९ हजार मासिक किस्तामा |
काठमाडौं । गरिमा विकास बैंक र युनाइटेड ट्रेडर्स सिण्डिकेट्सबीच अटोलोनसम्बन्धी सम्झौता भएको छ । सोसम्बन्धी सम्झौतापत्रमा बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत गिविन्दप्रसाद ढकाल र युनाइटेडको तर्फबाट महाप्रबन्धक महेशकुमार ढकालले हस्ताक्षर गरेका हुन् ।
उक्त सम्झौतासँगै अब टोयटाका गाडीहरू खरीद गर्न साढे १० प्रतिशत ब्याजमै अटो लोन पाइने भएको छ । साथै, वार्षिक साढे १० प्रतिशत ब्याजमा १२ वर्षसम्मका लागि ऋण पाइन्छ । १४४ मासिक किस्तामा ऋण तिर्न सकिने कम्पनीले जानारी दिएको छ ।
अब लिभा एसस २९ हजार २ सय २ र एसस क्रस ३३ हजार ४ सय १९ रुपैयाँ मासिक किस्तामा उपलब्ध हुनेछ । साथै, टोयटा रस ५३ हजार २ सय ३२ रुपैयाँ मासिक किस्तामा पाइने कम्पनीले बताएको छ ।