‘खुकुरी म्युजिक नेशन’को ग्रान्ड फाइनल आज, को बन्ला विजेता ? |
काठमाडौं । द नेपाल डिष्टिलरिज प्रालिले संगीतका पारखीहरुका लागि आयोजना गरेको खुकुरी म्युजिक नेसन प्रतियोगिताको ग्रान्ड फाइनल आज हुँदै छ । कोरोना भाइरसको महामारीका बिच शुरु गरिएको शोमा विभिन्न इलिमिनेसन राउन्ड पार गर्दै उत्कृष्ट ४ मा पुगेकामध्येबाट यसको विजेता घोषणा गरिने छ ।
विभिन्न राउण्ड पार गर्दै अहिले शीर्ष चारमा बाँकेको प्याराडाइज ब्याण्ड, सिक्किमकी मोनिका राइ, अमेरिकामा बस्दै आएका सन्देश गुरुङ र भरतपुरका सन्तोष घले चयन भएका छन् ।
खुकुरी म्युजिक नेसन कार्यक्रममा सहभागी भएपछि अब बाहिर पनि गाउन सक्छु भन्ने आँट आएको शीर्ष चारमा परेका सन्देश गुरूङ बताँउछन् । अब सांगितिक क्षेत्रमा केही गर्छु भन्ने उत्साह जागेको उनले बताए । आफु लाई यहाँसम्म ल्याई दिएकोमा उनले जजहरूलाई धन्यवाद पनि दिए ।
त्यस्तै प्रतियोगितामा सहभागि प्याराडाइज ब्याण्डका सहभागिहरुले आफूलाई तिर्खान र अरुलाई इन्स्पायर गर्नका लागि यो कार्यक्रममा सहभागी भएको बताए ।
यो कार्यक्रम म्युजिकमा रूचि राख्नेका हामी जस्ताको लागि बनाइएको सन्तोष घले बताँउछन् । यो कार्यक्रममा भाग लिएपछि आफु लाई धेरैले चिनेको र सबैले चिन्दा निकै खुसी भइने उनको भनाई छ ।
म्युजिकमा सानैदेखि रूची रहेको मोनिका राई बताँउछिन् । पहिले देखि नेपाल आएर म्युजिक सिक्ने इच्छा थियो । त्यो नपाएपनि नेपालको सांगेतिक कार्यक्रममा भाग लिने अवसर राम्रो हो भनेर यो कार्यक्रममा भाग लिएको हुँ ।’ उनले भनिन् ।