गरिमा विकास बैंकले १० प्रतिशत बोनस दिँदै |
काठमाडौं (आपास) । गरिमा विकास बैंकले आफ्ना शेयरधनीहरूलाई १० प्रतिशत बोनस शेयर दिने भएको छ । बैंकको सोमबार बसेको २१८औं सञ्चालक समितिको बैठकले गतआवको नाफाबाट १० प्रतिशत बोनस शेयर दिने प्रस्ताव गरेको हो ।
त्यस्तै, बैंकले कर प्रयोजनसहित ३ प्रतिशत नगद लाभांश दिने प्रस्ताव सञ्चालक समितिले गरेको छ । नेपाल राष्ट्र बैंकबाट स्वीकृति र वार्षिक साधारणसभाबाट पारित भएपछि लाभांश वितरण गर्ने बैंकले जानकारी दिएको छ ।