नारायणगढ–मुग्लिन सडकखण्ड अवरुद्ध, माइत जाने महिलाहरूलाई पर्यो सास्ती |

चितवन । हिन्दू महिलाहरूको महान् चाड तीजको पूर्वसन्ध्यामा नारायणगढ–मुग्लिन सडकखण्डका विभिन्न स्थानमा खसेको पहिरोका कारण गएरातिदेखि उक्त सडक अवरुद्ध भएको छ । प्रहरीले सडक खुल्न समय लाग्ने भएकाले वैकल्पिक मार्ग प्रयोग गर्न सुझाव दिइसकेको छ ।
आज तीजको दर खाने दिन महिलाहरुको माइत जाने दिन सडक अवरुद्ध हुँदा हजारौं महिला तथा केटाकेटीहरुले सास्ती बेहोर्नुपर्ने भएको छ । उक्त सडक खण्डको जलवीरे, चार किलोलगायत स्थानमा गएको पहिरोका कारण सडक अवरुद्ध भएको हो । सडक अवरुद्ध भएपछि सडक खण्डका दुवैतर्फ लामो जाम भएको छ ।