सामसुङद्वारा एस सिरिजका नयाँ फोन प्रि–अर्डर गर्ने भाग्यशाली विजेताको नाम घोषणा |
काठमाडौं । नेपालको विश्वासिलो स्मार्टफोन ब्राण्ड सामसङले ग्यालेक्सी एस२०,एस२०प्लस तथा ग्यालेक्सी नोट २०,२० अल्ट्रा फोनको प्रि–अर्डर गर्ने ग्राहकहरु मध्येबाट भाग्यशाली विजेताको घोषणा गरेको छ ।
ग्यालेक्सी एस२०, एस२०प्लस फोन प्रि–अर्डर गर्ने ग्राहकहरुले लक्की ड्रमा समावेश भई टर्किस एअरलाइन्सको तर्फबाट विजनेश क्लासको दुईतर्फी हवाई टिकट, ग्यालेक्सी वाच एक्टिभ२, दुई रात हिमालयन फ्रन्ट होटेलमा वा वाटरफ्रन्ट रिसोर्टमा बस्ने सुविधा वा लेट् मि इनको तर्फबाट ५ हजारको कुपन प्राप्त गर्नेछन् ।
त्यसै गरी ग्यालेक्सी नोट २०, २० अल्ट्राको प्रि–अर्डर गर्ने ग्राहकहरुले लक्की ड्रमा समावेश भई टर्किस एअरलाइन्सको विजनेश क्लासको दुईतर्फी हवाई टिकट । दोस्रो, तेस्रो र चौथो विजेताले ग्यालेक्सी बड्स प्लस पाँचौं र छैटौं विजेताले दुईरात हिमालयन फ्रन्ट होटेल वा वाटरफ्रन्ट रिसोर्टमा वस्ने सुविधा तथा सातौं विजेताले लेट् मि इनको तर्फबाट १० हजारको कुपन प्राप्त गर्नेछन् ।
ग्यालेक्सी एस२०, एस२०प्लस फोन प्रि–अर्डर गर्ने ग्राहकहरु मध्येबाट भाग्यशाली विजेता बनेका ग्राहकहरुमा
–आस्मा रानाले टर्किस एअरलाइन्सको तर्फबाट विजनेश क्लासको दुई तर्फी हवाई टिकट प्राप्त गरिन् ।
–आस्था राना तथा पारस श्रेष्ठले ग्यालेक्सी वाच एक्टिभ २ प्राप्त गरे ।
–अशेष श्रेष्ठ, बिनोद बज्राचार्य तथा पुनित मान श्रेष्ठले दुईरात हिमालयन फ्रन्ट होटेलमा वा वाटरफ्रन्ट रिसोर्टमा वस्ने सुविधा प्राप्त गरेका छन् ।
–र, मदन प्रसाद भण्डारी शर्मा तथा इश्वर लगुनले लेट् मि इनको ५ हजारको कुपन पाएका छन् ।
साथै ग्यालेक्सी नोट २०, २०अल्ट्राको प्रि–अर्डर गर्ने ग्राहकहरु मध्येबाट भाग्यशाली विजेता बनेका छन्
–विधान जोशीले टर्किस एअरलाइन्सको विजनेश क्लासको दुईतर्फी हवाई टिकट प्राप्त गर्न सफल भएका छन् ।
–नारायण दास श्रेष्ठ, उज्जेन लाल श्रेष्ठ तथा दिग्विजय दुगरले ग्यालेक्सी बड्स प्लस प्राप्त गरेका छन् ।
–जीवन मोक्तान तथा विक्की गुप्ताले दुईरात हिमालयन फ्रन्ट होटेलमा वा वाटरफ्रन्ट रिसोर्टमा वस्ने सुविधा प्राप्त गर्न सफल भए ।
–त्यसैगरी, युक्तर्थ अर्यालले लेट् मि इनको तर्फबाट १० हजारको कुपन प्राप्त गर्न सफल भएका छन् ।