ज्योति विकास बैंकले दिने भयो ८.४५ नगद लाभांश, यस वर्ष बोनस शेयर दिएन |
काठमाडौं । ज्योति विकास बैंकले आफ्ना शेयरधनीहरूलाई ८.४५ नगद लाभांश दिने भएको छ । बैंकले गत आर्थिक वर्षको नाफाबाट उक्त लाभांश दिने घोषणा गरेको हो । बैंकले सोही लाभांशबाट खण्डिकृत शेयरलाई पूर्ण शेयरमा परिणत गर्ने भएको छ ।
नेपाल राष्ट्र बैंकले निर्देशन गरेको पूँजी जुटाएसँगै बैंकले नगद लाभांश घोषणा गरेको छ । नगद तथा खण्डिकृत मिलाउन बोनस शेयरका लागि बैंकले नेपाल राष्ट्र बैंकबाट स्वीकृतिसमेत पाइसकेको छ ।
गत आवमा बैंकले ३० करोड ५१ लाख रुपैयाँ नाफा गरेको छ । प्रतिशेयर आम्दानी ११.७७ रुपैयाँ रहेको यस बैंकले आर्थिक वर्ष २०७०७१ देखि निरन्तर बोनस शेयर दिँदै आएकोमा यो वर्ष भने नगद लाभांश दिने भएको हो । अघिल्ला ५ आर्थिक वर्षमा बैंकले ४४ प्रतिशत बोनस शेयर दिएको थियो ।