असोज ९ र १० गते नेपालमा अन्तरराष्ट्रिय बीमा सम्मेलन हुदै |
काठमाडौं । नेपालमा अन्तरराष्ट्रिय बीमा सम्मेलन हुने भएको छ । आगामी असोज ९ र १० गते सम्मेलन हुन लागेको बीमा समितिले जानकारी दिएको हो ।
आगामी असोज ९ र १० गते नेपालमा हुने उक्त सम्मेलनमा बीमा क्षेत्रको नियामक निकायका प्रतिनिधि, विदेशी बीमा विज्ञ, बीमाक्षेत्रसँग सम्बन्धित सरोकारवालाहरु सहभागी हुनेछन् । सम्मेलनमा विदेशी मुलुकबाट करिब २ सय तथा स्वेदेशी गरी पाँच सय बढीको सहभागीता रहने बीमा समितिले जानकारी दिएको छ ।
सम्मेलनमार्फत पुनर्बीमा कम्पनीले आफ्नो व्यावसायिक दायरा बढाउन सक्नेछन् । सम्मेलनमा बीमाको वर्तमान समस्या र आगामी चुनौतीबारे पनि छलफल गरिनेछ भने विपद् जोखीम व्यवस्थापन सम्बन्धी विषयलाई सम्मेलनको मुख्य एजेण्डा बनाईएको बताइएको छ ।
नेपालमा १८ वर्षपछि दोस्रोपटक बीमा सम्बन्धी अन्तरराष्ट्रिय सम्मेलन हुने भएको हो । यसअघि सन् २००० मा पनि यस्तो सम्मेलन भएको थियो ।