ओमप्रकाश मिश्रको नाम प्रधानन्यायाधीशका लागि सर्वसम्मत अनुमोदन |
काठमाडौं । संसदीय सुनुवाई विशेष समितिले प्रस्तावित प्रधानन्यायाधीश ओमप्रकाश मिश्रको नाम सर्वसम्मत अनुमोदन गरेको छ । मिश्रले सोमवार भएको सुनवाईमा सांसदहरुले उठाएको प्रश्नको जवाफ दिएका थिय । उनले आफ्नो कार्ययोजना पनि प्रस्तुत गरेका थिय । त्यस लगत्तै समितिले उनको नाम अनुमोदन गर्ने निर्णय गरेको हो ।
अब मिश्रलाई प्रधानन्यायाधीश नियुक्त गर्न बाटो खुलेको छ । संवैधानिक परिषद्को सिफारिस संसदीय समितिले अनुमोदन गरेपछि राष्ट्रपतिले नियुक्त गर्ने संवैधानिक व्यवस्था छ ।