भैरहवा विमानस्थलबाट असार १३ गतेदेखि अन्तरराष्ट्रिय उडान | विदेश जान र आउन काठमाडौंनै आउन नपर्ने

काठमाडौं । भैरहवास्थित गौतमबुद्ध विमानस्थलबाट आगामी असार १३ गते, २८ जुन २०१९ देखि अन्तरराष्ट्रिय उडान गर्ने तयारी गरिएको छ । हाल यो विमानस्थल विस्तार गरी अन्तरराष्ट्रिय उडानका लागि योग्य बनाउने काम भइरहेको छ। नेपाल नागरिक उड्डयन प्राधिकरणले यो विमास्थलबाट अन्तरराष्ट्रिय उडान गर्न धानवमार्ग तयार भएको र टर्मिनल भवन निर्माण भइरहेको जानकारी दिएको छ।
विमानस्थलका लागि आवश्यक प्राविधिक उपकरण जडानका निम्ति दुई साताभित्रै प्रस्ताव आह्वानको तयारी गरिएको छ। प्राविधिक उपकरण ६ महिनाभित्रै जडान गर्ने र त्यसपछि अन्तरराष्ट्रिय उडानका जहाजलाई तीन महिनाको समय दिएर सूचना जारी गर्दैै विमानस्थल सञ्चालन गर्ने गरी तयारी भएको प्राधिकरणले जानकारी दिएको छ।
एसियाली विकास बैंक (एडीबी) को करिब साढे ६ अर्ब रुपैयाँ ऋणमा दक्षिण एसिया पूर्वाधार विकास आयोजनाले विमानस्थल निर्माण गरिरहेको छ। यो विमास्थलको भौतिक संचरनासँगै आवश्यक प्राविधिक उपकरण पनि जडान गर्न उपयुक्त कम्पनीमार्फत प्रस्ताव आह्वान तयारी भइसकेको छ। यो विमानस्थबाट असार १३ देखि अन्तरराष्ट्रिय उडान गर्न सकिने गरी तयारी भइरहेको प्राधिकरणका प्रवक्ता वीरेन्द्र श्रेष्ठले जानकारी दिए। उनले भने, ‘प्राधिकरणले एडीबीकोे ऋण सहयोगमा धानमार्गसहितको टर्मिनल भवनको निर्माण गरिरहेको छ।
प्राधिकरणले एक अर्ब रुपैयाँको प्राविधिक उपकरण राख्ने र ८० करोडमा कार्गो भवन बनाउने काम पनि अगाडि सारिसकेको छ। विमानस्थलका लागि आवश्यक भौतिक संरचना तयार हुँदै गइरहेकाले अगामी असारबाट अन्तरराष्ट्रिय उडान गर्न सकिने बुझाइ श्रेष्ठको छ । अन्नपूर्ण पोस्टबाट ।