न्यू जेनेरेशन पल्सर २५० सार्वजनिक हुँदै,कहिले आउला नेपाल ? |
बजाजले छिट्टै न्यू जेनेरेसन पल्सर २५० सार्वजनिक गर्ने तयारी थालेको छ । कम्पनीले २५० सीसीमा एनएस र आरएस सिरिजमा यस्तो मोटरसाइकल ल्याउने भएको हो ।
नयाँ लुक्स,बिशेषता र मुल्यसहित सार्वजनिक हुने यी मोटरसाइकल २५० सीसीमा नेकेड स्पोर्टस् र रेसिङ स्पोर्टस मोडलका हुने छन् ।
यी मोटरसाइकलमा इन्जिन भने केटीम ड्यूक २५० बाट लिइने बताइएको छ । कम्पनीका अनुसार बजाजले सार्वजनिक गर्ने २५० मोडलका बाइकले सुजुकी जिक्सर एसएफ२५०,यामाहा एफजेट २५, जिक्सर २५०सँग प्रतिस्पर्धा गर्ने छ ।
नयाँ अवतारका साथ न्यू जेनेरेसनमा सार्वजनिक हुने यी बाइक डिजिटल फिचर हुने छन । जसमा एलइडी हेडलाईट, अल डिजिटल इन्स्टुमेन्ट कन्सोल, ब्लुटुथ कनेक्टिभिटी लगाएतका फिचरका साथ आउने छ ।
२४८ सीसी सिंगल सिलिन्डर, लिक्वीड कुल्ड, एफआई इन्जिन हुने यो मोटरसाइकलको इन्जिनले २९ बीएच पावर तथा २४ एनएम टर्क जेनेरेट गर्छ । बजाजले गत केहि महिना अगाडी मात्रै बजाज डोमिनार २५० सार्वजनिक गरेको थियो ।
नयाँ जेनेरेशनका यो मोटरसाइकल बजाज डोमिनार भन्दा कम मूल्मै उपलब्ध हुने कम्पनीको दाबी छ ।
अहिलेसम्म पल्सर २५० को सार्वजनिक गर्ने मिति तोकिएको छैन तर, २०२१ को अन्त्य भारतिय बजारमा सार्वजनिक भइसक्ने र त्यसको केहिसमयपछि नेपाली बजारमा भित्रिने अनुमान छ ।
प्राय बाइक तथा कार भारतीय बजारमा सार्वजनिक भएपछि मात्रै नेपाल आउने गरेका छन । तर, पछिल्लो समय विश्वबजारमा भित्रिएको केहि समय नवित्दैपनि नयाँ प्रोडक्ट नेपाल भित्रिने क्रम बढ्दो छ । नेपाली बजारमा यी मोटरसाइक गोल्छा ग्रुपले गर्दै आएको छ ।