ओम ब्राण्डको सिमेण्ट उत्पादक इन्टरनेशन उद्योगको इजाजत खारेज |
काठमाडौ । नेपाल गुणस्तर तथा नापतौल विभागले ओम ब्राण्डमा ओपीसी र पीपीसी सिमेण्ट उत्पादन गर्दै आइरहेको इण्टरनेशनल सिमेण्ट प्रालिको इजाजतपत्र रद्द गरेको छ । विभागको शुक्रवार बसेको बैठकले उक्त कम्पनीबाट उत्पादित सिमेण्ट गुणस्तरहीन रहेको भन्दै इजाजतपत्र रद्द गरेको हो ।
विभागका अनुसार ओम ब्राण्डमा ओपीसी र पीपीसी सिमेण्ट गुणस्तरहीन हुनुका साथै कम्पनीले पीपीसी सिमेण्टलाई पनि ओपीसी भनेर विक्री गर्दै आइरहेको भेटिएकाले उत्पादन इजाजत रद्द गरिएको हो । महानिर्देशक विश्वबाबु पुडासैनीले तोकिएको मापदण्डअनुरुप उत्पादन नगरेको भेटिएमा इजाजतपत्र रद्द गरिने जानकारी दिए । विभागले यसअघि पनि गुणस्तरअनुरुप उत्पादन नगर्ने सिमेण्ट तथा छड उद्योगलाई कारबाही गरिसकेको छ ।