मेगा बैंकबाट अब एनएलजीको सेवा |

काठमाडौं । मेगा बैंक नेपाल लिमिटेड र एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडबीच बैंकासुरेन्स सेवा प्रदान गर्नेसम्बन्धी सम्झौता भएको छ । सोसम्बन्धी सम्झौतापत्रमा बैंकको तर्फबाट सहायक नायब प्रमुख कार्यकारी अधिकृत रविना देशराज श्रेष्ठ र इन्स्योरेन्स कम्पनीको तर्फबाट कायममुकायम सीईओ सुनील वल्लभ पन्तले हस्ताक्षर गरेका छन् ।
उक्त सम्झौतासँगै अब मेगा बैंकका ग्राहकहरूले एनएलजी इन्स्योरेन्स कम्पनीले प्रदान गर्ने सम्पूर्ण सेवा उक्त बैंकका देशभर रहेका सम्पूर्ण शाखाबाट पनि प्राप्त गर्न सक्ने बैंकले जानकारी दिएको छ ।
यो सम्झौताले घर, गाडी, व्यावसाय, दुर्घटना बीमालगायतका निर्जीवन बीमा गर्न चाहने र गरिरहेका ग्राहकहरूलाई सुविधा हुने बैंकको विश्वास छ ।ब