चौतारी लघुवित्तले ५ करोड ४० लाख बराबरको आईपीओ निष्कासन गर्दै |
काठमाडौं । चौतारी लघुवित्त वित्तीय संस्था लिमिटेडले साधारण सेयर निष्कासन गर्न अनुमति पाएको छ ।नेपाल धितोपत्र बोर्डले बिहीबार चौतारीलाई ३० प्रतिशत अर्थात ५ करोड ४० लाख रुपैयाँ बराबरको ५ लाख ४० हजार कित्ता आईपीओ निष्कासन गर्न अनुमति दिएको हो ।
चौतारीलाई अब आईपीओ निष्कासन गर्न बाटो खुला भएको छ ।