भाइबरका सिइओद्वारा ह्वाट्सएपको विकल्प खोज्न प्रयोगकर्ताहरुलाई आव्हान |
काठमाडौं । निःशुल्क तथा सहज सञ्चारको लागि विश्वको अग्रणी एपहरुमध्येको एक राकुटेन भाइबरद्वारा ह्वाट्सएपको पछिल्लो गोपनीयता नीति अद्यावधिकप्रति असहमति प्रकट गरेको छ ।
विगतमा ह्वाट्सएप प्रयोगकर्ताहरुले फेसबुकसँग आफ्नो नम्बर साझा गर्ने नगर्ने भन्ने निर्णय उनीहरुको इच्छामा निर्भर रहने गरेको थियो भने अब गरिएको परिवर्तनले यसलाई अनिवार्य बनाउने भएको छ। प्रयोगकर्ताले ३० दिनभित्रमा यी नयाँ शर्तहरुमा अनिवार्य सहमति जनाउनु पर्नेछ, अन्यथा उनीहरुले आफ्नो एकाउण्ट प्रयोग गर्न नमिल्ने भएको छ ।
यो नीतिका बारेमा अन्यौलग्रस्त भइरहेका ह्वाट्सएप प्रयोगकर्ताहरुले यस बारेमा सजिलोसँग बुझ्न फोब्र्सको लागि पार्मी ओल्सेनले सन् २०१८ मा ह्वाट्सएपका सह–संस्थापक ब्रायन एक्टनसँग गरिएको अन्तर्वार्ता हेर्न अनुरोध गरिएको छ।
अन्तर्वार्तामा उसको बहिर्गमन र उसले गरेको ट्वीटको पछाडी रहेको कारणका बारेमा छलफल गरिएको छ, जसमा ब्रायनले मानिसहरुलाई उनीहरुको फेसबुक एकाउण्ट हटाउन सल्लाह दिँदै भनेका छन्, ‘मैले मेरा प्रयोगकर्ताहरुको गोपनीयता ठूलो लाभको लागि बेचें। मैले एउटा छनौट र सम्झौता गरेँ र म हरेकदिन त्यसैसँग बाँचेको छु।’
यसको पछिल्लो अद्यावधिकसँगै, ह्वाट्सएपले फेसबुकमा आफूलाई समाहित गराउने प्रक्रिया पूरा गरेको छ। फेसबुक र ह्वाट्सएप एक भएसँगै मेसेजिङ्ग एपका प्रयोगकर्ताहरु पहिले भन्दा बृहत्तर रुपमा मौद्रिकरण हुने भएका छन्, र यो निजी मेसेजिङ्ग खोज्ने उनीहरुका लागि चिन्ताको विषय हुनुपर्छ।
२०२१ जनवरी ४ सम्म ह्वाट्सएपको सम्झौताका शर्तहरुमा ‘हाम्रो डिएनएमा तपाईंको गोपनीयताको लागि सम्मान कोड गरिएको छ। हामीले ह्वाट्सएप प्रारम्भ गरेदेखि नै मजबुत गोपनीयता सिद्धान्तहरुको स्थापनाका साथ हाम्रा सेवाहरु निर्माणमा अभिप्रेरित भै त्यसैमा केन्द्रित रहेका छौं’ र ‘यद्यपि, तपाईंको ह्वाट्सएप सन्देशहरु अरुहरुलाई हेर्नका लागि फेसबुकमा साझा गरिने छैनन्। सही अर्थमा, फेसबुकले हाम्रा सेवाहरु उपलब्ध गराउने र संचालन गर्ने कार्यमा हामीलाई सहयोग गर्नेभन्दा बाहेक तपाईंको ह्वाट्सएप सन्देशहरु अन्य कुनै पनि उद्देश्यका लागि प्रयोग गरिने छैन’ भन्ने उल्लेख थियो ।
अब अचम्मित तुल्याउँदै यी २ प्रावधानहरु हटाइएका छन् । डाटा गोपनीयताको हकमा ह्वाट्सएपले लिएको यो ढुलमुले प्रावधानसँग पूर्णतः असहमत हुँदै भाइबरले प्रयोगकर्ताको डाटा सुरक्षित एवं संरक्षित भएको सुनिश्चित गर्न प्रमुख विशेषताहरु कार्यान्वयन गर्दै, उदाहरण दिएर नेतृत्व लिएको छ ।
पूर्व निर्धारित एण्ड टु एण्ड इन्क्रिप्सनः निःशुल्क निजी कलहरु र च्याटहरुका लागि पूर्व निर्धारित एण्ड टु एण्ड इन्क्रिप्सन गरिएको छ, यसको लागि कुनै प्रकारको विशेष प्रक्रिया आवश्यक पर्दैन। यो स्पष्ट र सरल छः सहभागीहरुदेखि बाहेक अरु कसैले पनि तपाईंको कलहरु र च्याटहरुसम्म पहुँच हुँदैन, भाइबरको पनि ।
पठाइएका सन्देशहरु भाइबरद्वारा भण्डारण गरिदैन र र क्लाउड ब्याकअप पूर्व निर्धारितद्वारा बन्द छः प्रयोगकर्ताहरुले यदि आफ्नो च्याटहरुको जगेडा राख्न चाहेमा उनीहरुले क्लाउड ब्याकअप सुचारु गराउन रोज्न सक्नेछन्, तर भाइबरले प्रयोगकर्ताहरुको सन्देशहरु र कलहरुको कुनै पनि प्रति आफूसँग राख्दैन ।
स्क्रिन गोपनीयताः भाइबरले टप–नोच स्क्रिन गोपनीयता प्रदान गरेर प्रयोगकर्ताहरुलाई च्याटकै क्रममा सन्देशहरु स्वतः नाश गर्न अनुमति दिन्छ र सम्पूर्ण च्याटहरु लुकाउन तथा पिन कोड प्रयोग गरेर मात्र देखिने बनाउन सकिन्छ ।
प्रयोगकर्ताको डाटा फेसबुकसँग साझा गरिँदैनः भाइबरले फेसबुकसँगको सबै कारोबारहरु बन्द गरेको छ । समष्टिमा फेसबुकसँग प्रयोगकर्ताको कुनै पनि जानकारी (प्रयोगकर्ताको फोन नम्बर र व्यक्तिगत डाटाहरु) साझा गरिएको छैन, र भविष्यमा पनि गरिँदैन।
‘हालै ह्वाट्सएपको गोपनीयता नीतिमा गरिएको निन्दनीय अद्यावधिकले गोपनीयता सम्बन्धी शर्तलाई हाँसोको प्रतीक बनाइदिएको छ। अद्यावधिकबाट ह्वाट्सएपले प्रयोगकर्ताको गोपनीयतालाई कसरी अवमुल्यन गरेको रहेछ भनेर प्रमाणित गरिदिएको मात्र छैन यसले प्रयोगकर्ताहरुको अभिलेखको अनादर गर्नमा नयाँ रेकर्ड बनाएको पनि देखिन्छ, र भविष्यमा पनि यस्तै प्रक्रिया नदोहोरिएला भन्न सकिंदैन ।
‘आज, म भाइबरको गोपनीयता नीतिमा पहिलेभन्दा अझ बढी गर्व गर्छु, र म सम्पूर्ण जनहरुलाई जसले आफूहरुलाई बिक्ने डाटामात्र होइन भनठान्नु हुन्छ, वहाँहरुलाई सन्देश र कल गर्न अब भाइबरमा आउन आव्हान गर्दछु।’ राकुटेन भाइबरका प्रमुख कार्यकारी अधिकृत जमेंल अगाउवाले भनेका छन् ।