साधारण शेयर निष्कासन गर्दै गणपति माइक्रोफाइनान्स |
काठमाडौं । गणपति माइक्रोफाइनान्स वित्तीय संस्थाले सर्वसाधारणका लागि शेयर निष्कासन गर्ने भएको छ । शेयर निष्कासनसम्बन्धि सम्झौतापत्रमा गणपति माइक्रोफाइनान्स वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत अच्युतराज सापकोटा र एनआइबिएल एस क्यापिटलका महाप्रबन्धक मेखबहादुर थापाले हस्ताक्षर गरेका छन्।
कम्पनीले ३ लाख कित्ता साधारण शेयर सर्वसाधारणका लागि निष्कासन गर्न एनआइबिएल एस क्यापिटल लिमिटेडलाई धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ । गणपति माइक्रोफाइनान्स वित्तीय संस्थाको अधिकृत पुँजी २० करोड, जारी पुँजी १० करोड र चुक्ता पुँजी ७ करोड रहेको छ भने सर्वसाधारणहरुलाई शेयर निष्काशन गरी बाँडफाँट गरे पश्चात संस्थाको चुक्ता पुँजी १० करोड हुनेछ ।
दुलेगौँडा तनहुँमा केन्द्रीय कार्यालय रहेको यस वित्तीय संस्थाले पर्वत, कास्की, तनहुँ, चितवन, धादिङ, काभ्रे, सिन्धुली, मकवानपुर, नवलपरासी, रुपन्देही, कपिलवस्तु र दाङमा २० वटा शाखा सञ्चालनमा ल्याएको छ ।