विद्यार्थीको किचेन व्यवस्थापन गर्ने तरीका |
आफ्नो करीअर बनाउने क्रममा अधिकांश विद्यार्थी घरभन्दा बाहिर कोठा वा फ्ल्याट भाडामा लिएर बसेका हुन्छन् । उनीहरूलाई कम बजेटमै आफ्नो किचेनको सजावट तथा व्यवस्थापन गर्नुपर्ने हुन्छ । किचेनको सजावटसम्बन्धी जानकारी नहुँदा उनीहरूलाई समस्या पर्न सक्छ । उनीहरूले आवश्यक सामान खरीद गरेर त ल्याउँछन् । तर, राम्ररी व्यवस्थापन गर्न नसक्दा चाहिएका बेला नभेटिन सक्छ । अविवाहित विद्यार्थीलाई त झन् यस्ता समस्या बारम्बार हुने गर्छ । उनीहरू किचेनमा सामान यसरी छरेर राखिदिन्छन् कि, त्यसलाई छुट्टीको दिनमा मिलाउँदा पनि व्यवस्थित गर्न गाह्रो पर्छ । विद्यार्थीका यस्तै प्रकारका समस्यालाई ध्यानमा राख्दै किचेन सजावट तथा व्यवस्थापनका लागि ध्यान दिनुपर्ने विषयबारे मदन लामिछानेले तयार पारेको जानकारी यहाँ प्रस्तुत गरिएको छ ː
सानो किचेन
विद्यार्थीका लागि धेरै ठूलो किचेनको आवश्यकता पर्दैन । ठूलो किचेन राम्रोसँग सरसफाइ गर्न तथा सजाउन झन्झटिलो हुन्छ । त्यसैले, उनीहरूले सानो किचेन छनोट नै उपयुक्त हुन्छ । सानो किचेन सजिलैसँग सफा गर्न सकिन्छ, जसले गर्दा उनीहरूको समयको पनि बचत हुन्छ ।
थोरै भाँडाकुँडाको प्रयोग
विद्यार्थीले आफ्नो किचेनमा धेरै भाँडाकुडा तथा अतिरिक्त सामान राख्नु हुँदैन । त्यस्तै, धेरै डिब्बा वा बाकस पनि राख्नु हुँदैन । धेरै सामानले किचेन भद्दा देखिनुका साथै त्यसलाई व्यवस्थित गर्न पनि कठिन हुन्छ । थोरै सामानबाटै आफ्नो आवश्यकता पूरा गर्ने प्रयास नै उनीहरूका लागि लाभदायी हुन्छ ।
खानेकुराका सामान भण्डारण
विद्यार्थीले आफ्नो किचेनमा खानेकुरा राखिएका सामान राम्रोसँग स्टोर गर्नुपर्छ । रेडी–टु–मेक, प्रि–मिक्स–कर्नफ्लेक्स आदि खाने सामग्री स्टोर गरेर राख्नु राम्रो हुन्छ ।
चिसो ठाउँ
दूध तथा खाना सुरक्षित राख्न किचेनमा एउटा यस्तो ठाउँ खोज्नुपर्छ, जहाँ चिसो होस् । चिसो ठाउँमा खानेकुरा धेरै समयसम्म सुरक्षित रहन सक्छ ।
किचेनबाटै टीभी हेर्नुहोस्