प्रभु बैंकको दुईवटा नयाँ शाखा सञ्चालनमा |
काठमाडौं (आपास) । प्रभु बैंक लिमिटेडले प्रदेश नं. ४ अन्तर्गत मुस्ताङ जिल्लाको लोघेकर दामोदरकुण्ड गाउँपालिकामा लोघेकर दामोदर कुण्ड शाखा र लोमान्थाङ गाँउपालिकामा लोमान्थाङ शाखा गरी दुईवटा नयाँ शाखा कार्यालयहरू सञ्चालनमा ल्याएको छ । बैंकले ती दुवै नयाँ शाखा कार्यालय बुधवारदेखि औपचारिक रूपमा सञ्चालनमा ल्याएको हो ।
सञ्चालनमा ल्याइएका थप नयाँ शाखा कार्यालयबाट त्यस क्षेत्रका स्थानीय सेवाग्राही, सर्वसाधारणहरू, फर्म, कम्पनी तथा संघ संस्थाहरूले प्रभु बैंकको गुणस्तरीय सेवा उपभोग गरी लाभान्वित हुनेछन् र दुवै गाउँपालिकाको समग्र आर्थिक विकासमा टेवा पुग्नेछ भन्ने बैंकले विश्वास लिएको छ ।
यी दुई शाखाहरूसँगै मुस्ताङ जिल्लाका सबै गाउँपालिकामा प्रभु बैंकका शाखाहरू विस्तार भई वित्तीय सेवाको पहँुच पुगिसकेको छ ।