रियल टाइममा नै खाता खोल्न माछापुुच्छ्रे बैंकको २ शाखारहित बैंकिङ सेवा |
काठमडौं । माछापुुच्छ्रे बैंक लिमिटेडले सिराहामा २ शाखा रहित बैंकिङ सेवा संचालनमा ल्याएको छ । बैंकले सिराहाको लहान नगरपालिकाको बरियारपट्टी र सखुवा नान्कारकट्टीमा थप २ शाखारहित बैकिङ सेवा संचालनमा ल्याएको छ ।
योसहित माछापुुच्छ्रे बैंकका हालसम्म २७ शाखा रहित बैंकिङ सेवा सञ्चालनमा रहेका छन् । ग्राहक सेवा केन्द«को रुपमा संचालित उतm शाखारहित सेवा केन्द्रहरुबाट खाता खोल्ने, रकम जम्मा गर्ने र झिक्ने, रेमिट्यान्स भुक्तानी, साथै कर्जा आवेदन गर्नेसमेत व्यवस्था गरेको छ ।
बैंकले नेपालमै पहिलो पटक तुरुन्त (रियल टाइममा) खाता खोल्ने व्यवस्था गरेको छ भने चिपमा आधारित डेबिट कार्ड पनि तुरुन्त उपलब्ध गराएको छ ।