एशियन लाइफद्वारा मृतकको परिवारलाई साढे २० लाख रुपैयाँ मृत्युदाबी भुक्तानी |
काठमाडौं । एशियन लाइफ इन्स्योरेन्स कम्पनीले धादिङको एक परिवारलाई साढे २० लाख मृत्युदाबी भुक्तानी गरेको छ । कम्पनीले धादिङको त्रिपुरा सुन्दरी गाउँपालिका निवासी बीमित गकुल उपाध्यायको परिवारलाई मृत्युदाबी भुक्तानीबापत २० लाख ५३ हजार रुपैयाँ भुक्तानी गरेको हो ।
दुुर्घटना लाभसहितको सो रकमको चेक मुक्तिनाथ विकास बैंकका कायम मुकायम सहायक महाप्रबन्धक लोकराज जोशीले मृतकका हकवाला बुबा कमप्रसाद उपाध्यायलाई हस्तान्तरण गरेका हुन् । बीमित गकुल उपाध्यायको २०७५ जेठ ३ गते सडक दुर्घटनामा परी असायमिक निधन भएको थियो ।
जोशीले भदौ १९ गते मुक्तिनाथ विकास बैंकको धादिङ शाखा कार्यालयमा आयोजित एक कार्यक्रममा मृतकका परिवारलाई उक्त चेक हस्तान्तरण गरेका हुन् ।
बीमितले २०७४ साल पुस २६ मा १५ वर्ष अवधीका लागि १० लाख रुपैयाँ बीमांकको दुर्घटना लाभसहितको एशियन सावधिक जीवन बीमा योजनाअन्तर्गत जीवन बीमा गराएका थिए । स्वर्गीय उपाध्यायले यस कम्पनीलाई बीमा शुल्कबापत जम्मा ६६ हजार ८ सय ८६ रुपैयाँ भुक्तानी गरेका थिए ।