नारायणी डेभलपमेन्ट बैंकले २०० प्रतिशत हकप्रद निष्काशन गर्ने, माघ १६ गते वार्षिक साधारण सभा |
काठमाडौं । नारायणी डेभलपमेन्ट बैंक लिमिटेडले २०० प्रतिशत हकप्रद शेयर निष्काशन गर्ने भएको छ । बैंकले हालै बोर्डबाट स्वीकृती प्राप्त शतप्रतिशत हकप्रद शेयर निष्काशन तथा बाँडफाँटपश्चात कायम हुने चुक्ता पूँजीको १ बराबर २ अनुपातमा हकप्रद शेयर निष्काशन गर्नेछ ।
सो प्रस्ताव पारित गर्न बैंकले माघ १६ गते, स्टार ब्याङक्वेट, रत्ननगर, चितवनमा १९ औँ वार्षिक साधारण सभा डाकेको छ ।
सो सभाले हकप्रद निष्काशनका साथै अन्य कुनै उपयुक्त बैंक तथा वित्तीय संस्थासँग मर्जर अथवा एक्विजिशनसम्बन्धि कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने र सञ्चालक नियुक्ति तथा अनुमोदन गर्ने प्रस्ताव पारित गर्नेछ ।
१९ औँ वर्षिक साधारण सभा प्रयोजनार्थ बैंकले पुस २९ गते एक दिन बुकक्लोज गर्ने भएको छ। यसका साथै बैंकले शतप्रतिशत हकप्रद शेयर निष्काशन प्रयोजनको लागि पनि सोही दिन बुकक्लोज गर्ने बताएको छ । यस अनुसार पुस २८ गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले हकप्रद शेयरमा आवेदन दिन तथा बैंकको साधारण सभामा सहभागिता जनाउन सक्नेछन् ।