सीवाईसी र शालिग्राम लघुवित्तसँग आरम्भ चौतारीको मर्जर सम्झौता भंग |
काठमाडौं । आरम्भ चौतारी लघुवित्तको सीवाईसी लघुवित्त र शालिग्राम लघुवित्तबीच भएको मर्जर सम्झौता भंग भएको छ । तीनवटा कम्पनीको मर्जर समितिको पुस ७ गते बसेको बैठकको निर्णयले प्रारम्भिक सहमतिपत्र रद्ध गर्ने निर्णय गरेसँगै मर्जर सम्झौता भंग भएको हो ।
मर्जर प्रकृया भंग भएपछि बिहीबार पुस २३ गतेदेखि आरम्भ चौतारीको नेप्सेमा कारोबार खुल्ने भएको छ । मर्जर सम्झौताको कारण गत असोज ८ गतेदेखि आरम्भ चौतारीको कारोबार नेप्सेमा बन्द रहेको थियो ।
यता, आरम्भ चौतारीले अन्य २ लघुवित्तलाई गाभ्ने भएको छ । आरम्भले लुम्बिनी प्रदेश कार्यक्षेत्र भई बुटवल उपमहानगरपालिकामा केन्द्रीय कार्यालय रहेको देउराली लघुवित्त र बाग्मती प्रदेश कार्यक्षेत्र भई बनेपामा केन्द्रीय कार्यालय रहेको विपिडब्लु लघुवित्तलाई प्राप्ती गर्ने सम्झौता गरेको हो ।
आरम्भ चौतारीले १००ः९५ः९५ को स्वापमा यी लघुवित्तलाई गाभ्न लागेको हो । सम्झौतामा आरम्भ चौतारीको तर्फबाट जगत बहादुर पोखरेल, देउरालीको तर्फबाट अध्यक्ष किशोर भाई बज्राचार्य र वीपीडब्लुको तर्फबाट अध्यक्ष विनोद ज्ञवालीले हस्ताक्षर गरेका छन् ।