माघ २ गतेदेखि हालसम्मकै ठूलो आईपीओ निष्काशन तथा बिक्री खुला गर्दै नेपाल इन्फ्रास्ट्रक्चर बैंक | बिक्री प्रबन्धकमा एनआईबीएल एस क्यापिटल नियुक्त
काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेडले नेपालको पुँजी बजारको इतिहासमै सबै भन्दा ठूलो आईपीओ ल्याउने भएको छ ।
बैंकले आठ अर्व बराबरको सार्वजनिक निष्काशन यहि आउँदो माघ २ गते देखि ६ सम्म ल्याउन लागेको हो । यस निष्काशनका लागि बैंकले एनआईबीएल एस क्यापिटल लिमिटेडलाई आफ्नो बिक्री प्रबन्धक नियुक्त गरेको छ ।
यो निष्काशन सम्बन्धी सम्पूर्ण कार्य एनआईबीएल एस क्यापिटल लिमिटेडमार्फत हुन गईरहेको बैंकले जनाएको छ ।
जम्मा २० अर्व चुक्ता पुँजी रहेको यस बैंकको १२ अर्व संस्थापकहरुबाट चुक्ता भैसकेको छ भने बाँकी रकम यस निष्काशनबाट चुक्ता हुने बैंकले जनाएको छ ।
हाल पुँजी बजारको अवस्थालाई अध्ययन गर्दा यो आईपीओका लागि आवेदन दिने सबै आवेदकहरुको हात खालि नहुने अनुमान गरिएको छ ।