अमेरिकी डलरको मूल्य आज पनि बढ्यो |
काठमाडौं । अमेरिकी डलरको मूल्य आज पनि बढेको छ । नेपाल राष्ट्र बैंकका अनुसार आज १ अमेरिकी डलरको नेपाली बजार मूल्य १ सय १५ रुपैयाँ ११ पैसा पुगेको छ । अमेरिकी डलरको मूल्य अहिलेसम्मकै बढी हो ।
नेपाल राष्ट्र बैंकको आजको मुद्रा विनिमयदरअनुसार एक अमेरिकी डलरको खरिद दर १ सय १४ रुपैयाँ ५१ पैसा तथा विक्रीदर १ सय १५ रुपैयाँ ११ पैसा तोकेको छ । भारतसँगको स्थिर विनिमय दरका कारण भारतीय मुद्रा कमजोर हुँदा त्यसको प्रभाव नेपाली मुद्रामा पनि पर्ने गरेको छ ।