फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य, खाना पकाउने एलपी ग्यास अब १ हजार ४ सय |
काठमाडौं । नेपाल आयल निगमले पेट्रोल, डिजेल, मट्टीतेल र एलपी ग्यासको मूल्य बढाएको छ । पेट्रोलमा लिटरको १ रुपैयाँ, डिजेल र मट्टीतेलमा लिटरको ३ रुपैयाँ तथा एलपी ग्यासमा प्रतिसिलिण्डर २५ रुपैयाँ मूल्य वृद्धि गरिएको निगमले जानकारी गराएको छ ।
यसअघि मूल्य वृद्धि गर्दा निगमले खाना पकाउने एलपी ग्यासमा मूल्य नबढाए पनि यस पटक भने सबै पेट्रोलियम पदार्थमा मूल्य वृद्धि गरेको छ । मूल्य बढेपछि अब पेट्रोल लिटरको १ सय १२ रुपैयाँ, डिजेल र मट्टीतेल ९८ रुपैयाँ तथा खाना पकाउने ग्यासको मूल्य १४ सय रुपैयाँ पुगेको छ ।
निगमका निर्देशक एवम् प्रवक्ता वीरेन्द्र गोइतले अन्तरराष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य बढेको तथा अमेरिकी डलरको तुलनामा नेपाली र भारतीय रुपैयाँको अवमूल्यन भएकाले पनि मूल्य बढाउनुपरेको जानकारी दिए ।