एनआईसी एशिया र गुराँस लाइफबीच बैंकासुरेन्स सम्झौता |
काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेड र गुराँस लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडबीच बैंकासुरेन्स सेवा प्रदान गर्नेसम्बन्धी सम्झौता भएको छ । सोसम्बन्धी सम्झौतापत्रमा बैंकको तर्फबाट कायम मुकायम प्रमुख कार्यकारी अधिकृत रोशनकुमार न्यौपाने र इन्स्योरेन्स कम्पनीको तर्फबाट प्रमुख कार्यकारी अधिकृत नारायणकुमार भट्टराईले हस्ताक्षर गरेका हुन् ।
उक्त सम्झौताअनुसार अब एनआईसी एशिया बैंकका ग्राहकहरूले बैंकका नेपालभर रहेका सम्पूर्ण शाखाबाट गुराँस लाइफ इन्स्योरेन्स कम्पनीले प्रदान गर्ने जीवन बीमासम्बन्धी सेवाहरू पाउने भएका छन् ।
हाल बैंकले देशभर रहेका २ सय ४१ शाखा कार्यालय, २ सय ३८ एटीएम काउण्टर, १४ वटा एक्सटेन्सन काउण्टर एवम् १८ वटा शाखारहित बैंकिङ इकाइमार्फत आफ्ना ग्राहकहरूलाई वित्तीय सेवा प्रदान गरिरहेको छ ।