लाओसमा पहिलो स्मार्ट एक्सप्रेसवे निर्माण गर्न ह्वावेको सहयोग |
लाओस । लाओस सरकारको सहयोगमा युन्नान कन्स्ट्रक्शन एण्ड इन्भेष्टमेन्ट होल्डिङ्ग ग्रुपले संयुक्त रूपमा निर्माण गरेकोे भियन्टियानदेखि भ्यांगभियांग सेक्सनसम्मको चीन–लाओस एक्सप्रेसवेको पहिलो चरण डिसेम्बर २०मा औपचारिक रूपमा खोलिएको थियो ।
परियोजना पूर्ण भएपछि लाओसमा एक्सप्रेसवेको अनुपस्थितिको इतिहास समाप्त हुनेछ । भियन्टियानबाट भ्यांगभियांगसम्मको यात्रामा साढे दुई घण्टा बचत भई लगभग एक घण्टा मात्र लाग्ने र यसले क्षेत्रीय स्रोतहरूको प्रभावकारी विकास गर्न, मार्गमा पर्ने लाओसका जनताको जीवनस्तर सुधार गर्न, सामाजिक–आर्थिक व्यापार र सांस्कृतिक आदानप्रदानमा सहयोग गर्नेछ ।
भियन्टियानदेखि भ्यांगभियांग एक्सप्रेसवे लाओसको पहिलो स्मार्ट एक्सप्रेसवे हो । ग्लोबल अग्रणी सूचना तथा सञ्चार प्रविधी (आईसीटी), क्लाउड कम्प्युटिङ, इन्टरनेट अफ थिंग्स (आईओटी) र सुरक्षा व्यवस्थापन प्रणालीको आधारमा सुरक्षित, स्थिर र इन्टेलिजेन्ट आईसीटी प्लेटफर्म निर्माण गर्न ह्वावेले आफ्नो पार्टनर युन्नान ह्वायुआन इलेक्ट्रोनिक्स कम्पनी सङ्ग सहकार्य गरेको थियो ।
मार्गमा तैनात ह्वावेको डाटा संचार र प्रसारण उपकरणले एक डिजिटल धारणा, अन्तक्रिया, प्रसारण र अनुप्रयोग एकीकृत सोलुसन निर्माण गर्दछ जुन रीयल टाईम इन्टेलिजेन्ट मोनिटरिङ, इन्टेलिजेन्ट चार्जिङ्ग, आपतकालीन प्रतिक्रिया र निर्णय विश्लेषण जस्ता अल–सिनारियो सोलुसन कार्यान्वयन गर्नका लागि बिग डाटा विश्लेषण र अन्य प्राविधिक माध्यमहरू प्रयोग गर्दछ ।
२०२१ मा लाओसमा निर्माण हुने फाइभजी नेटवर्क यस स्मार्ट एक्सप्रेसवेसँग एकीकृत हुनेछ । फाइभजी प्लस एआई टेक्नोलोजीको भविष्यले एक्सप्रेसवेको बौद्धिक स्तरलाई अझ वृद्धि गर्नेछ र लाओसमा पूर्वाधार विकासलाई सहज बनाउनेछ ।
एक्सप्रेसवेको शुरुवात विन्दु लाओसको राजधानी भियन्टियानमा अवस्थित छ र अन्त्य बिन्दु, भान्भिएन, लाओसको सबैभन्दा प्रख्यात पर्यटन शहरहरू मध्यकोे एक हो । यस एक्सप्रेसवेको उद्घाटनले स्थानीय यातायातको अवस्था सुधार, यातायात दक्षता सुधार, त्यस मार्गमा पर्ने क्षेत्रको अर्थतन्त्र र पर्यटनको विकासलाई प्रबर्धन गर्ने छ र प्रभावकारी रूपमा स्थानीय जनतालाई फाइदा पुग्ने छ ।
फोखम, त्मार्क रिसोर्ट भ्यांगभियांगका एक कर्मचारीले खुसी व्यक्त गर्दै भने, ‘यस अवधिमा होटल बुकिङमा उल्लेखनीय बृद्धि भएको छ । पर्यटकहरूले एक्सप्रेसवेमा यात्रा अनुभवलाई पनि प्रशंसा गरेका छन, जसले ड्राइभिङ सुरक्षा सुनिश्चित गर्न हाई–टेक र इन्जिनियरिङ निर्माण, आधुनिक अवधारणा र अत्याधुनिक प्रविधि एकीकृत गर्दछ । मलाई विश्वास छ कि यस एक्सप्रेसवेको उद्घाटन पछि यसले पर्यटन र आर्थिक विकासलाई बढावा दिन मद्दत पु¥याउनेछ र तदनुसार मेरो आय पनि बढ्ने छ ।’
भियन्टियानमा काम गर्ने नान्थावथले आफ्नो गृहनगरमा पहिलो एक्सप्रेसवकोे उद्घाटन अनुभव गर्न आफ्नो परिवार लिएर गए ।‘ नयाँ सडक पुरानो भन्दा फराकिलो, छिटो र सुरक्षित छ । भियन्टियानबाट भ्यांगभियांग सम्म आवतजावत गर्न एक दिन पुरै लाग्थ्यो र अब भ्यांगभियांग पुग्न एक घण्टा जति मात्र लाग्दछ । आईटीसीको प्रयोगले यसले छिटो र व्यवस्थित ट्राफिकको सुविधा पु¥याउनेछ र आईसीटी प्रविधिले ट्राफिकलाई स्मार्ट र सुविधाजनक बनाउनेछ,’ उनले भने ।
आईसीटी प्रविधिले राम्रो सुरक्षा प्रणाली र जनताको जीवनको लागि सुविधा प्रदान गर्दै यातायात र अन्य उद्योगहरूमा बढ्दो महत्वपूर्ण भूमिका खेल्दै छ र यसले सामाजिक विकासको लागि विशाल उत्प्रेरणा प्रदान गर्दछ, जसले गर्दा हामी पूर्ण रूपमा कनेक्टेड इन्टेलिजेन्ट जीवनको प्रतीक्षा गर्न सक्छौं ।