स्मार्टघडी ल्याउने तयारीमा वानप्लस |
चिनियाँ स्मार्टफोन कम्पनी वानप्लसले आफ्नो पहिलो स्मार्टघडी ल्याउने तयारी गरिरहेको छ ।
द भर्जका अनुसार वानप्लसका सिइओ पिट लाउले अर्को वर्षसम्म स्मार्टघडी सार्वजनिक गर्ने बताएका हुन्। उनले ट्वीटर मार्फत् यो घोषणा गरेका थिए ।
कम्पनीले यसअघि पनि स्मार्टघडी ल्याउने तयारी गरिरहेको थियो ।
२०१६ मा वानप्लसले वेयर ओएस नामक स्मार्टघडीको डिजाइन समेत बनाएको थियो। तर, कम्पनीले त्यसको उत्पादनलाई अघि भने नबढाएको द भर्जले बताएको छ ।
द वाल स्ट्रिट जर्नल सँगको एक अन्तर्वातामा सिइओ पिटले स्मार्टघडी डिजाइन गरिएको भएपनि त्यसको उत्पादनमा अझैँ ध्यान दिनु पर्ने भएकोले काम हतारमा नगरेको बताएका थिए ।
अर्को वर्ष सार्वजनिक हुने भनिएको स्मार्टघडीको लागि भने कम्पनी पूर्ण तयारीमा रहेको देखिन्छ ।
सो स्मार्टघडीमा कस्तो फिचर हुन्छ वा कहिले सार्वजनिक हुन्छ भन्ने बारे हालसम्म कुनै विस्तृत विवरण दिइएको छैन ।
धेरैले २०२१ मार्चमा सार्वजनिक हुने वानप्लस–९ र वानप्लस–९ प्रो सँगै स्मार्ट घडी पनि आउने सक्ने अनुमान लगाएका छन् ।