एनएमबि बैंकले बोलायो एजीएम, बुक क्लोज कहिले ? |
काठमाडौं । एनएमबि बैंकले लाभांश प्रस्ताव पारित गर्न पुस २९ गते वार्षिक साधारण सभा बोलाएको छ । बैंकले सभामा गत आर्थिक वर्षको नाफाबाट १३℅ बोनस सेयर र कर प्रयोजनसमेत गरी ३.२०℅ नगद लाभांश वितरण गर्ने प्रस्ताव लैजानेछ । यस्तै, अधिकृत पुँजी १६ अर्ब रुपैयाँबाट बढाएर २० अर्ब रुपैयाँ पुर्याउने एजेन्डा पनि रहेको छ ।
बोनस वितरणपछि चुक्ता पुँजी वृद्धि हुने भएकाले सोही अनुसार प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने प्रस्ताव पनि पेश हुनेछ । साथै, आर्थिक वर्ष २०७६∕७७ को वार्षिक प्रतिवेदन, नाफा–नोक्सान हिसाब तथा नगद प्रवाह विवरणमा पनि छलफल गरी पारित गर्ने प्रस्ताव छ । सभा कृष्ण टावर नयाँ वानेश्वर, काठमाडौंमा बिहान १०ː३० बजे सुरु हुनेछ ।
सभामा भर्चुअल माध्यमबाट पनि सहभागी हुनसक्ने गरी लगानीकर्तालाई मिटिङको आइडी र पासवर्ड प्रदान गरिने बैंकले जनाएको छ । सभा प्रयोजनका लागि पुस १६ बुक क्लोज हुने भएकाले पुस १५ गतेसम्म कायम रहने सेयरधनी मात्र लाभांशको हकदार हुनेछन् । हाल एनएमबिको चुक्ता पुँजी १४ अर्ब ४४ करोड ७७ लाख ५२ हजार ९६६.९६ रुपैयाँ छ । प्रस्तावित बोनस वितरणपछि पुँजी १६ अर्ब ३२ करोड ५९ लाख ६० हजार ८५२.६६ रुपैयाँ पुग्नेछ ।