गैरकानूनी मदिराजन्य पदार्थको उत्पादन तथा विक्रीवितरण रोक्न सरकारलाई सर्वोच्चको आदेश | महिला हिंसाको मुख्य कारक मदिरा

काठमाडौं । सर्वोच्च अदालतले गैरकानूनी रूपमा मदिराजन्य पदार्थको उत्पादन तथा विक्रीवितरण गर्ने कार्यलाई रोक्न सरकारको नाममा आदेश जारी गरेको छ । न्यायाधीशद्वय ओमप्रकाश मिश्र र तेजबहादुर केसीको संयुक्त इजलासले सोमवार उक्त आदेश जारी गरेको हो ।
मदिरा ऐनअनुसार निश्चित समय, उमेर समूह, स्थान र विक्रीस्थलसमेत तोक्नुपर्दछ । सोही ऐनको प्रभावकारी कार्यान्वयन गर्न उक्त आदेशमा भनिएको छ ।
महिला हिंसाको मुख्य कारकका रूपमा मदिरा रहेको र मदिराको विज्ञापनमा महिलाको प्रयोग हुने कार्यसमेत रोक्न आदेशमा भनिएको छ । जुरी नेपालका तर्फबाट अधिवक्ता विष्णुप्रसाद पोखरेलले दायर गरेको उक्त रिट निवेदनमाथिको सुनुवाइपछि अदालतले सो आदेश जारी गरेको हो ।