प्राइम कमर्शियल बैंकको १५ प्रतिशत बोनस शेयर वितरण गर्ने घोषणा |
काठमाडौं । प्राइम कमर्शियल बैंक लिमिटेडले गत आर्थिक वर्षको सञ्चित मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ ।
बैंकले हाल कायम चुक्ता पूँजीको १५ प्रतिशतका दरले हुन आउने रकम २ अर्ब ९ करोड ७७ लाख ८७ हजार ४२५ रुपैयाँ बराबरको बोनस शेयर वितरण गर्ने घोषणा गरेको हो ।
पुस ५ गते बसेको बैंकको सञ्चालक समितिको ४११ औँ बैठकले सो दरमा लाभांश वितरण गर्ने निर्णय गरेको हो ।
नेपाल राष्ट्र बैंकबाट स्वीकृत भएपपश्चात आगामी वार्षिक साधारण सभाले पारित गरी सो लाभांश शेयरधनीहरुलाई वितरण गरिनेछ ।
हाल बैंकको चुक्ता पूँजी १३ अर्ब ९८ करोड ५२ लाख ४९ हजार ५०० रुपैयाँ छ ।