बुटवल पावर कम्पनीले २५ प्रतिशत लाभांश वितरण गर्ने |
काठमाडौं । बुटबाल पावर कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट लाभांश प्रस्ताव गरेको छ । कम्पनी संचालक समितिको पुस ३ गते बसेको बैंठकले गत आर्थिक वर्ष २०७६∕७७ को मुनाफाबाट २५ प्रतिशत लाभांश प्रस्ताव गरेको हो ।
कम्पनीले गत आर्थिक वर्ष २०७६∕७७ को मुनाफाबाट चुक्ता पूँजीको १५ प्रतिशत नगद लाभांश र १० प्रतिशत बोनस शेयर वितरण गर्ने भएको हो ।
उक्त लाभांश कम्पनीको आगामी २८ औं बार्षिक साधारण सभाले पारित गरेपछि शेयरधनीहरुले पाउनेछन् ।
यस्तै कम्पनीले सोहि बैठकले २८ औं बार्षिक साधारण सभा बोलाउने निर्णय पनि गरेको छ । कम्पनीले पुस २८ गते मंगलबार दिनको ११ बजे कम्पनी रजिस्टर्ड कार्यालय बानेश्वर, काठमाडौंमा साधारण सभा बोलाएको छ ।
साधारण सभा प्रयोजनको लागि कम्पनीले पुस १७ गते देखि २८ गते सम्म बुक क्लोज गर्ने जनाएको छ । त्यस अनुसार पुस १६ गते सम्म कायम शेयरधनीले मात्रै कम्पनीको लाभांश पाउनेछन् ।