स्वाबलम्बन लघुवित्तको लाभांश घोषणा, नगद र लाभाशं कति ? |
काठमाडौं । स्वाबलम्बन लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ ।
लघुवित्तले हाल कायम चुक्ता पूँजीको १९ प्रतिशत बोनस शेयर र एक प्रतिशत नगद लाभांश गरी कुल २० प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो।
पुस ३ गते शुक्रबार सम्पन्न लघुवित्तको सञ्चालक समितिको बैठकले सो दरमा लाभांश वितरण गर्ने निर्णय गरेको हो।
नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपछि शेयरधनीहरुलाई वितरण गरिनेछ।