लक्ष्मी लघुवित्तले २३.१६ प्रतिशत लाभांश वितरण गर्ने |
काठमाडौं । लक्ष्मी लघुवित्तले गत आर्थिक वर्षको कमाइबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ ।
लघुवित्तको पुस ३ गते शुक्रबार बसेको सञ्चालक समितिको बैठकले शेयरधनीहरुलाई १५ प्रतिशत बोनस शेयर र बोनसमा लाग्ने कर सहित ८.१६ प्रतिशत नगद गरी कुल २३.१६ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।
प्रस्तावित लाभांश राष्ट्र बैंकको स्वीकृति र बैंकको आगामी साधारण सभाले पारित गरेपछि शेयरधनीले पाउनेछन् ।