पोखरा फाइनान्सले घोषणा गर्यो लाभांश |
काठमाडौं । पोखरा फाइनान्स लिमिटेडले गत आर्थिक वर्षको लाभांश प्रस्ताव गरेको छ । मंसिर ३ गते शुक्रबार बसेको संचालक समितिको बैठकले गत आर्थिक वर्ष २०७६∕७७ सम्मको मुनाफाबाट लाभांश प्रस्ताव गरेको हो ।
फाइनान्सले गत आर्थिक वर्षको मुनाफाबाट हाल कायम चुक्ता पूँजी ९१ करोड ७२ लाख रुपैयाँको ५ प्रतिशत अर्थात ४ करोड ५८ लाख रुपैयाँ बोनस शेयर र कर प्रयोजनको लागि ०.२६ प्रतिशतका दरले हुन आउने २४ लाख १३ हजार रुपैयाँ गरी कुल ५.२६३ प्रतिशत लाभांश प्रस्ताव गरेको हो ।
उक्त लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृति पाएर आगामप् २४ औं बर्षिक साधारण सभाबाट पारित भएपछि शेयरधनीले प्राप्त गर्नेछ ।