अन्तराष्ट्रिय स्तरको प्रोटोनलाई नेपाल भित्र्याउन उत्साहित जगदम्बा मोटर्स |
काठमाडौं । मुलुककै अग्रणी अटोमोबाइल कम्पनी जगदम्बा मोटर्स प्राइभेट लिमिटेड दुइ चक्के र तीन चक्के सवारी साधनमा मात्र सिमित नभएर अब चार चक्के सवारी साधन पनि नेपाल भित्र्याउने तरखरमा लागिरहेको छ ।
विश्वबिख्यात मलेशियाली अटोमोबाइल कम्पनी प्रोटोनको “प्रोटोन साँगा“ गाडी भित्र्याउँदै नेपाली ४ चक्के सवारी साधन अनुयायी माझ एउटा नयाँ अन्तराष्ट्रिय विकल्पको प्रस्तुति गर्न लागेकोमा जगदम्बा मोटर्स अति उत्साहित देखिएको छ ।
यसअघि नै नेपालमा बिलिन हुन लागेको टीभीएसको स्वामित्व ग्रहण गरेर नेपाली अटोमोबाइल बजारमा यसको अस्तित्व बरकरार राख्दै विस्तार गराएर अग्र स्थानसम्म ल्याइपुर्याउन निर्णायक भूमिका खेलेर उदयमा आएको जगदम्बा मोटर्स प्राइभेट लिमिटेड विस्तारै एक पछि अर्को नयाँ आयामहरू पस्कँदै नेपाली अटोप्रेमी माझ एक चर्चित नाम बनिसकेको छ ।
टीभीएस दुइ चक्के मोटरसाइकल र स्कुटरका साथै टिभिएस् किङ्ग (तीन चक्के अटो) र एडनक लुब्रिकेन्ट्सको पनि जगदम्बा मोटर्सले नै नेपालमा विक्रिवितरण गर्दै आइरहेको छ ।
टीभीएसमार्फत जगदम्बा मोटर्सको सफलता पछाडी यसको गुणस्तरीय सेवा र देशै भरि फैलिएका डिलरमार्फत स्तरिय ग्राहक सेवा र सम्बन्ध पनि प्रमुख कारण रहेका छन् । यसै अनुरुप प्रोटोनलाई विशेष प्राथमिकताका साथ् अघि लैजाने योजना गरेको जगदम्बा मोटर्सले प्रोटोनबाट पनि टीभीएस अनुरुपकै सफलता हाँसिल गर्ने विश्वास लिएको छ ।
हाललाई काठमाडौंस्थित शोरुममार्फत प्रोटोनको “प्रोटोन साँगा“ मोडलको गाडी भित्र्याउन लागेको जगदम्बा मोटर्सले आउँदा दिनमा सेवा सुविधालाई थप विस्तार गर्दै देशका अन्य विभिन्न शहरहरु जस्तै पोखरा, बिराटनगर, विरगंज, धनगढी, नेपालगंज, इटहरी आदिमा पनि आफ्नो डिलर र सर्भिस सेन्टर सुचारु गर्ने दिर्घकालिन रणनीति बनाएको छ ।
साथै प्रोटोनका अन्य चर्चित मोडलहरु पनि ग्राहकका चाहना र माग बमोजिम क्रमवद्ध रुपमा नेपाल भित्र्याउँदै लैजाने जगदम्बा मोटर्सको योजना रहेको छ ।
शंकर ग्रुुप मातहतमा रहेको जगदम्बा मोटर्सले प्रोटोनमार्फत नेपाली ग्राहकको ४ चक्के गाडिप्रतिको बढ्दो चाहनालाई पूर्ति गर्न सफल रहनेमा कम्पनीले विश्वास व्यक्त गरेको छ ।