एभरेष्ट बैंकले लाभांश वितरण गर्न तोक्यो बुकक्लोज मिति |
काठमाडौं । एभरेष्ट बैंकले गत आर्थिक वर्षको कमाइबाट लाभांश वितरण गर्न बुकक्लोज मिति तय गरेको छ ।
बैंकले साधारणसभा तथा लाभांश वितरण प्रयोजनको लागि पुस २० गतेदेखि बुकक्लोज गर्ने जनाएको छ । यसअर्थ पुस १९ गतेसम्म कायम भएका शेयरधनीहरुले मात्रै बैंकले वितरण गर्ने लाभांश र साधारणसभामा भाग लिन पाउनेछन् ।
लाभांश वितरणको लागि बैंकले पुस २७ गते वार्षिक साधारणसभा गर्ने जनाएको छ । उक्त सभाले पारित गोपछि प्रस्तावित लाभांश शेयरधनीहरुले पाउनेछन् ।
बैंकको सञ्चालक समितिले ५ प्रतिशत बोनस शेयर र कर प्रयोजन समेत गरी ५.५३ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।